
पोखरा महानगरपालिका १८ सराङकोटको उच्च भागमा रहेको भुमे कालिका मन्दिरमा विभीन्न मनकामना पुरा हुने जन विश्वास रही आएको छ । मन्दिरमा आफ्नो कामना सिद्ध गर्ने भन्दै वली पञ्चवली भाक्कल दिने प्रचलन समेत रहेको छ ।
नव रात्रको नौ दिन टाकुरामा रहेको मन्दिरमा विशेष पुजा हुने मगरले बताए । मन्दिरमा घट्स्थापना फुलपाती, अष्ठमी र नवमीमा विशेष तान्त्रीक पुजा गरीने मगरले जानकारी दिए । ऐतिहासिक भुमे कालिका मन्दिर संरक्षणमा स्थानीयहरुले चासो दिएका छन् । मन्दिरको संरक्षण सम्र्वद्धन र प्रवन्द्र्ध गर्न वडा कार्यालले पनि सहयोग गरेमा धार्मीक पर्यटकहरुको प्रचर संभावना रहेको छ ।