चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौं, कात्तिक १० गते । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयाघातका कारण उहाँको निधन भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएका छन् । विहीबार राति १२ बजेर १० मिनेटमा  उहाँको हृदयघातका कारण मृत्यु भएको टिभीले जनाएको छ ।

६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए । उहाँ राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियताका नेता हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...