एमालेको चियापानमा काँग्रेस सभापति देउवा र प्रधामन्त्री प्रचण्ड सहभागी

काठमाडौं, कात्तिक १५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले आज चियापान कार्यक्रम आयोजना गरेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम जारी छ ।

एमालेले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू चियापनमा सहभागी भएका छन् ।

 

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुगेका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरूले स्वागत गरे । कार्यक्रममा एमाले नेता कार्यकताको सहभागीता रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...