राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पिडीत राहत काेषमा दिने

काठमाण्डौ,  कार्तिक १८ गते ।राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पिडीत राहतकोषमा जम्मा गर्नुहुने भएको छ ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पिडीतहरुको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गर्नुभएको हो ।

 

शुक्रबार ११.४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ ।
अध्यक्ष तिमिल्सनाले प्रकृतिक बिपत्तीको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्दार र पिडीतहरुका लागि राहत तथा पूर्नस्थापनामा जुट्न सबैलाई आग्रह पनि गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...