एमाले अध्यक्ष ओलीप्रति जनस्तरमा सबै उमेर समूहका व्यक्तिहरु आकर्षित :महासचिव पोखरेल

विराटनगर, पुस ३ गते । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्य पहाडी क्षेत्रमा नमूना सहर बसाउने योजना अलपत्र परेको बताउनुभएको छ । नेकपा एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटि बनाउने योजनाहरू अहिले अलपत्र भएको भन्दै त्यस क्षेत्रको विकासका लागि स्मार्ट सिटीहरु निर्माण गरी मध्यपहाडलाई गुल्जार बनाउन जरुरी रहेको बताउनुभएको हो ।

मध्यपहाडी राजमार्गलाई प्रविधिसँग जोड्न झण्डै ४ सय किलोमिटर लम्बाइ घटाउन पर्ने यात्राका क्रममा बोध भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बताउनुभयो । एमालेले भर्खरै पाँचथरको चिवा भञ्ज्याङमा पुगेर काठमाडौंमा औपचारिक समापनको तयारी गरिरहेको सङ्कल्प अभियानमा लोकमार्गको प्राविधिकहरुको प्रारम्भिक रिपोर्टका आधारमा लम्बाइ घटाउनु पर्ने सुझाव आएको जानकारी दिनुभयो ।

 

यात्राको क्रममा एमाले अध्यक्ष केपी ओलीप्रति जनस्तरमा सबै उमेर समूहका व्यक्तिहरु आकर्षित पाएको पनि महासचिव पोखरेलले बताउनुभयो । यात्राको क्रममा स्थानीय क्षेत्रका कैयौं समस्याहरु, विकासका आकांक्षाहरु र राज्यका तर्फबाट जनतालाई गर्ने सेवा प्रवाहका विषयमा देखिएका समस्याहरु जानकारीमा आएको पनि उहाँले बताउनुभयो । यात्राले पहाडि क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीतिमा नयाँ नयाँ योगदान दिएको उहाँको भनाइ थियो ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...