प्रेस क्लब गण्डकीकाे साधारणसभा सकियो, ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने

पाेखरा,पुस २८ गते ।प्रेेस क्लब गण्डकी प्रदेशकाे प्रथम साधारणसभा शनिबार सम्पन्न भएकाे छ । पाेखरा महानगरपालिका वडा नम्बर १६ काे रिंजे नाशा हाेमस्टेमा सम्पन्न साधारणसभाकाे उद्घाटन प्रतिनिधि सभा सदस्य दामाेदर पाैडेल बैरागीले उद्घाटन गरे ।

उनले कार्यक्रममा बाेल्दै पत्रकारहरुले  सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जाेड दिए । उनले सानाे कमजोरीले ठुलाे समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए ।

 

 

उनले अहिले सञ्चार कानुन निर्माणकाे तयारी भैरहेकाे बताउदै पत्रकारमैत्री बनाउन आफनाे तर्फबाट भुमिका खेल्ने बताए ।उनले प्रेेस क्लब गण्डकीले बहसमुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्न आग्रह गरे ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लबका सल्लाहाकार सरिता पंगेनि तिमिल्सिनाले क्लबले छाेटाे समयमा राम्रो काम गरेकाे बताउदै अझै सशक्त रुपमा समाजमा रहेका विभिन्न विषयमा बहसमुलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन ।

 

 

क्लबका सल्लाहकार सुष्मा पाैडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका  महासचिव गाेविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल, पाेखरा महानगरपालिका न्यायिक समिति सदस्य कालिदास पाेखरेल लगायतले प्रेेस क्लब स्थापनाकाे आैचित्य पुष्टि गरेकाे बताउदै सबैलाई समेटेर अगाडि बढन आग्रह गरे । क्लबका अध्यक्ष एकराज गिरीकाे अध्यक्षतामा भएकाे उद्घाटन सत्रकाे क्लबका उपाध्यक्ष राजराम पौडेलले स्वागत र सञ्चालन सचिव गाैरव त्रिपाठीले गरेका थिए ।

 

 

यसैबीच साधारण सभाकाे बन्द सत्रमा  क्लबका सचिव गाैरव त्रिपाठीकाे प्रतिवेदन र  काेषाध्यक्ष राजु गिरीकाे आर्थिक प्रतिवेदन व्यापक छलफलपछि  पारित गरेकाे छ ।साधारणसभाले भावि कार्यक्रम पारित गर्दै  क्लव दर्ता भएकाे दिनलाई स्थापना दिवसका रुपमा मनाउने र बार्षिक ५०  हजार रुपैयाँले प्रत्येक वर्ष ब्यक्ति वा संस्थालाई सम्मान गर्ने निर्णय समेत गरेकाे अध्यक्ष एकराज गिरीले बताए । समाजका महत्त्वपूर्ण याेगदान पुर्‍याउने ब्यक्ति तथा संस्थालाई सम्मान गरिने अध्यक्ष गिरीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...