पाेखरा, माघ २७ गते ।पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले काैसी खेतीले स्वास्थ्य, वातावरण र फाेहाेर व्यवस्थापनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयाे ।
पाेखरा महानगरपालिका आर्थिक विकास महाशाखाकाे आयाेजनामा शनिबार पाेखरामा आयाेजित काैसी क्वीन प्रतियाेगिताकाे उद्घाटन गर्दै उहाँले शहरीकरण बढेसंगै कृषि याेग्य जग्गामा घरहरु बढेसंगै खेती गर्न समस्या भएकाे बताउदै घरकाे छतमा तरकारी फलाउदाँ ताजा तरकारी खान पाइने र पैसाको पनि बचत हुने तथा घरबाट निस्कने फाेहाेर व्यवस्थापन समेत हुने बताउनुभयाे ।
उहाँले पाेखरालाई ग्रीन सटि क्लिन सिटि बनाउन काैसी खेतीले समेत भुमिका खेल्ने भएकाले महानगरकाे अभियानलाई सफल बनाउन सबैकाे साथ र सहयाेग आवश्यक रहेकाे बताउनुभयाे ।उपप्रमुख गुरुङले पाेखरामामा झण्डै ३० हजार घरधुरीमन काैसी खेती हुने गरेकाे र वार्षिक करिब २५ कराेडकाे तरकारी उत्पादन हुने गरेकाे बताउनुभयाे ।
पाेखरा महानगरका प्रवक्ता माेति प्रसाद तिमिल्सिनाले पाेखरा महानगरलाई हरियाली र हराभरा बनाउने अभियानमा रहेकाे बताउदै काैसी खेती भुमिका खेल्ने बताउनुभयाे ।
पाेखरा महानगर वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले काैशिखेतिबाट फाेहाेर व्यवस्थापनसंगै आर्यआर्जन गरेर जिविकाेपार्जन समेत भैरहेकाे बताउनुभयाे । वडा ९ का अध्यक्ष दिपेन्द्र मर्सानिले गर्नुपर्नेछ आफनाे वडा कस्ताे बनाउने भन्ने कुरालाई काैसी खेतीले भुमिका खेल्ने बताउनुभयाे ।
पाेखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पाेखराकाे फाेहाेर व्यवस्थापनसंगै कृषिलाई प्रबर्द्वन गर्न काैसी खेतीलाई प्राथमिकतामा राखेर अगाडि बढेकाे बताए ।