अर्थतन्त्र नबुझ्नेले राजनीति बुझदैन :एमाले उपाध्यक्ष पाण्डे

पाेखरा, फागुन ५ गते ।नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीति र अर्थतन्त्र एक सिक्काका दुई पाटा भएकाे बताएका छन ।

नेकपा एमाले पाेखरा महानगरपालिका सभा दलले आयोजना गरेकाे वनभाेज तथा भेटघाट कार्यक्रममा बाेल्दै  राजनीति र अर्थतन्त्रवीच अन्तर सम्बन्ध रहेकाे बताउदै अर्थतन्त्र नबुझ्नेले राजनीति नबुझ्ने दावी गरे । उनले देशबाट मानिसहरु विदेशीनुुकाे कारण आर्थिक भएकाे बताउदै भने, बसाइँ सराई हुनुकाे कारण पैसा कमाउने अवस्था नहुदाँसम्म मान्छे नबस्ने बताए ।

पुर्व अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पाण्डेले देशमा लगानीको वातावरण हुनुपर्ने बताए ।उनले समाजमा धन भएका र ज्ञान भएकाको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै भने, देशमा पैसा र बुद्धि भएका ब्यक्तिलाई सम्मान नगर्ने हाे भने देश नबन्ने जिकिर गरे ।

उनले देशलाई आैघाेगिकरण गर्न उद्योग र कृषिमा कर लगाउन नहुने बताए ।खेती हुने जमिन र उद्योगमा  कर लगाउन हुदैन उनले भने  साेच नबदलेसम्म देश आैघाेगिकरणमा जादैन र जनप्रतिनिधिले  खराब काम, भ्रष्टाचार गर्न हुदैन नहुने बताए । उनले नेतृत्व  अध्ययनसिल हुनुपर्ने उल्लेख गर्दै  पार्टिलाई सबल, सक्षम र लाेकप्रिय पार्टी बनाउने गरि काम गर्न आग्रह गरे ।

 

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कृष्ण थापाले उनले प्लानिङ, आवश्यकता, साझेदारी, शान्ति, सुशासन र  समृद्धिलाई ध्यानदिन जनप्रतिनिधिलाई  आग्रह गरे ।उनले आफू भन्दा धेरै अग्रज  बाहिर छन भन्ने हेक्का राखेर पार्टीको नीतिमा रहेर काम गर्नुपर्ने बताए ।

 

उनले पार्टीको  नीति विपरीत बाहिर गए जनप्रतिनिधिकाे जिम्मा नलिने बताउदै पार्टीको सामिप्यतामा रहेर काम गर्न आग्रह गरे । केन्द्रीय सदस्य थापाले राम्रो काम गरे पार्टीको साथ र  सहयाेग रहने बताए ।

 

नेकपा एमाले केन्द्रीय सदस्य एंव पाेखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पाेखरा महानगरका मेयर धनराज आचार्य, एमाले पाेखरा महानगर दलका नेता एंव पाेखरा १७ का वडा अध्यक्ष राधिका शाही याेगी, उपनेता निर्मल दियाली लगायतले बाेलेका थिए।

 

कार्यक्रममा स्थानीय कर्मचारी संघमा निर्वाचित महेन्द्र गाेदार, शिव बराल, रेवती भण्डारी र दिवाकर सुवेदीलाई खादा लगाएर सम्मान गरिएकाे थियाे । त्यस्तै पाेखरा महानगरमा कार्यरत भरतराज पाैडेल र कृष्णप्रसाद तिवारी उपसचिवमा बढुवा हुनुभएकाेमा खादा लगाएर सम्मान गरिएकाे थियाे ।

 

उक्त कार्यक्रमकाे संयाेजन पाेखरा १९ का सदस्य विकास कुमार आचार्यले गरेका थिए भने कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियाे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...