वडा अध्यक्ष सुवेदीद्वारा विद्यार्थीलाई पोसाक वितरण

पोखरा, फागुन ६ गते । कास्कीको रूपा गाउँपालिका–७, हंसपुरस्थित इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई सोही गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले आइतवार विद्यालय पोसाक वितरण गरेका छन् ।

 


आफू जनप्रतिनिधि चुनिएपछि प्राप्त सेवा सुविधाको रकम समाजसेवामा खर्च गर्ने क्रममा उनले पोसाक वितरण गरेका हुन् । आफू भुईँ तहबाट सङ्घर्ष गर्दै अघि बढेको स्मरण गर्दै वडा अध्यक्ष सुवेदीले कुनै पनि बालबालिकाले कुनै पनि अभावका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्नेमा आफू सचेत रहेको बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका युवा नेता तथा खेलकुद महासङ्घका केन्द्रीय सचिव विष्णु पुनले रूपामा राजन जस्ता जनप्रतिनिधि सबै वडामा हुने हो भने रूपा साँच्चिकै रूपवान् बन्ने धारणा राखे ।

 

 

राजन सुवेदीको सेवा सुविधाको रकमबाट रूपा गाउँपालिकाभित्र धेरै क्षेत्रमा काम भएको हुँदा राजन रूपामा मात्रै नभएर जिल्लामै असल जनप्रतिनिधिका रूपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै पुनले अबको अभियान राजन जस्ता जनप्रतिनिधि जन्माउने काममा केन्द्रित हुनुपर्ने बताए ।
स्वागत मन्तव्य राख्दै विद्यालयका शिक्षक तथा निवर्तमान प्रअ राजेन्द्रराज भट्टराईले रूपा– २ का वडा अध्यक्ष राजन सुवेदी रूपाको मात्र नभई देशकै अमूल्य निधि भएको विचार राखे । युवा समाजसेवी विश्व न्यौपानेले अब कामका आधारमा जनप्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिए ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमिला श्रेष्ठको अध्यक्षयतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रअ रामशरण न्यौपानेले गरेका थिए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...