मृगौला पीडित शेर्पालाई १ लाख १० हजार सहयोग हस्तान्तरण

पोखरा, फागुुन १७ गते ।मृगौला पिडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम जिल्ला स्थायी घरभै हाल पोखरा महानगरपालिका वडा नम्वर ६ बस्दै आउनुुभएकी शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहिबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङ मार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।

सुवेदार कर्णबहादुर गुुरुङले मृगौला पीडित शेर्पाको सहयोगका लागि स्वदेश र विदेशमा रहेका सहयोगीहरुबाट संकलित रकममा पोखरा महानगरपालिकाबाट दश हजार थप गरि रकम हस्तान्तरण गरिएको हो । कर्णबहादुुरले सहयोगका लागि निवेदन दिनुुभएको थियो । “उपचारको लागि बेलायत, पोखरा लगायतका ब्यक्ति र संस्थाबाट संकलन गरेको र महानगरबाट पनि थप सहयोगका लागि निवेदन दिएको थिए । यहाँबाट दश हजार प्राप्त भयो, सबै गरेर १ लाख १० हजार उपप्रमुुख मार्फत हस्तान्तरण गरियो” कर्णबहादुरले भन्नुुभयो ।

 

उहाँको निवेदन अनुसार महानगरले विपन्नलाई प्रमुुख र उपप्रमुुखले दश हजार सम्म सहयोग गर्न पाउने व्यवस्था अनुसार उपप्रमुख मञ्जुुुदेवी गुुरुङले दश हजार थप गरि एकमुुष्ठ रकम हस्तान्तरण गरिएको हो । पीडित शेर्पाका श्रीमान र एक छोरी रहेका छन् । शेर्पा विगत तिन वर्षदेखि मृगौला पीडित रोगको उपचार गराइउदै आउनुुभएको छ ।

 

सहयोग रकम प्राप्त गरेपछि शेर्पाले आफनो उपचारका लागि सहयोग संकलन गर्ने बुुबा कर्णबाहदुर गुुरुङ र सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्नुुभयो । “यो सहयोगले मेरो उपचारमा राहत पुुग्ने छ” भन्नुुभयो ।पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले मृगौला पीडित शेर्पाको स्वास्थ्य लाभको कामना गर्दै सहयोग संकलन गर्ने कर्णबहादुरप्रति धन्यबाद ब्यक्त गर्नुुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...