अनेम युवा कमिटी कास्कीद्वारा आत्मरक्षा प्रशिक्षण

पोखरा । अखिल नेपाल महिला (अनेम) संघ युवा कमिटि कास्कीको आयोजनामा विभिन्न क्षेत्रमा आबद्ध ३० वर्ष भन्दा कम उमेरका युवतीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ ।

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तारामाया थापाले अब हरेक छोरीहरु खेलाडी बन्नुपर्ने र आफ्नो सुरक्षा आफै गर्नसक्ने बन्नुपर्ने बताइन् ।

अनेम संघ गण्डकी प्रदेश अध्यक्ष हिरा गिरीले महिला र पुरुषमा श्रमको समान ज्याला नभएको र पछिल्लो समय अनेम संघले महिला शसक्तीकरणका लागि धेरै कार्यक्रम र आन्दोलन गर्दै आएको बताइन् ।

त्यसैगरी अनेम संघ कास्कीको अध्यक्ष गिता बिकले पछिल्लो समय महिलाहरुमा समानताको कुरा गरे पनि व्यवहारमा लागू नभएको बताइन्।

त्यस्तै कार्यक्रमको अध्यक्ष गरेकी कृती गिरीले अब अनेम संघ युवा कमिटि कास्कीले जिल्ला भरी यो अभियान चलाउने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा हाप्कीडाे संघ कास्की जिल्लाका प्रशिक्षक कृती गिरी, सहायक प्रशिक्षक सुविना गुरुङ र संजोक परियारले प्रशिक्षण गराएका थिए ।

कार्यक्रम सन्चालन युवा कमिटि सचिव मन्जु क्षेत्रीले गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...