तमु धिं नेपाल केन्द्रिय युवा समितिमा रमेश गुरुङ

पोखरा, २८ फागुन/पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा रमेश गुरुङ सर्वसम्मत चयन हुनुभएको छ।

यस अघि युवा समितिका संयोजक समेत रहनुभएका अन्नपुर्ण गाँउपालिका वडा नं.९ का वडाध्यक्ष गुरुङको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रिय युवा समिति गठन गरिएको हो।

 

समितिको उपाध्यक्षहरुमा सुदर्शन गुरुङ, अमृत गुरुङ र सपना गुरुङ, सचिवमा रामप्रसाद गुरुङ, सहसचिवमा हेमन्त गुरुङ र शिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहकोषाध्यक्षमा विराज गुरुङ चयन हुनुभएको छ।

 

युवा साँस्कृतिक विभाग संयोजकमा सुमिना गुरुङ, सहसंयोजकमा रोहित गुरुङ, युवा प्रशिक्षण विभाग संयोजकमा मोनिका गुरुङ, सहसंयोजकमा मनिक गुरुङ, युवा खेलकुद विभाग संयोजकमा चोकबहादुर गुरुङ र सहसंयोजकमा दिपेन्द्र गुरुङ, युवा सुरक्षा विभाग संयोजकमा विकास गुरुङ, सहसंयोजकमा अरुण गुरुङ रहनुभएको छ।

 

यसरी नै केन्द्रिय सदस्यहरुमा महादेव(राकेश) गुरुङ,निष्मा गुरुङ, आकृति गुरुङ, टोनिस गुरुङ, निश्चल गुरुङ, सुमित्रा गुरुङ, सुहाना गुरुङ, सौगात गुरुङ, खड्गबहादुर गुरुङ, क्षेत्रबहादुर गुरुङ, शेरबहादुर गुरुङ, विजय गुरुङ, निराजन गुरुङ, नबिन गुरुङ, अमन गुरुङ, प्रदिप घले, कृष्ण गुरुङ, दिपक गुरुङ लगायत रहनुभएको छ।

 

युवा समिति गठन एवम जिम्मेवारी बाँडफाँडका लागि तमु धिं नेपालका केन्द्रिय सदस्यहरु कृष्णकुमार गुरुङ र सुरेन्द्र गुरुङले समन्वयका लागि भुमिका निर्वाह गर्नुभएको थियो।
नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका केन्द्रिय अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो।

 

नवनिर्वाचित अध्यक्ष रमेश गुरुङले तमु युवा, समुदाय, संस्थाका लागि युवा समितिको तर्फबाट सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मी प्रसाद गुरुङ, समन्वयकर्ता कृष्णकुमार गुरुङले बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो।

 

तमु धिं नेपालका प्रथम उपाध्यक्ष गीमाया गुरुङ, महासचिव जुनाकुमारी गुरुङ, आदरणीय अतिथि दिलबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङ लगायत केन्द्रिय पदाधिकारी, सदस्यहरु र क्षेत्रीय समाजका अध्यक्षहरुले बधाई ज्ञापन गर्नुभएको थियो।
उक्त अवसरमा युवा समितिको माइन्युट तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले नवनिर्वाचित सचिव रामप्रसादलाई हस्तान्तरण गर्नुभएको थियो।

 

नवनिर्वाचित युवा समितिको कोषका लागि तमु धिं नेपालले ५१ हजार रुपैया, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले ५१ हजार, आदरणीय अतिथि दिलबहादुर गुरुङले ५१ हजार गर ि१ लाख ५३ हजार रुपैया सहयोग गरिएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...