धौलागिरी लघुवित्तको वित्तिय साक्षरता कार्यक्रम

पाेखरा, चैत ११ गते ।धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड बाग्लुङको आयोजना तथा पोखरा शाखा कार्यालय सृजनाचोक, लामाचौर र लेखनाथको समन्वय एवम् सहकार्यमा आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्य सुरक्षित गरौं भन्ने नारा सहित ग्लोवल मनिवीक २०२४ को १२ औं श्रृंखलाको अवसरमा वित्तिय साक्षरता कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि केन्द्रका कर्जा असुली शाखाका प्रकाश बोगटीले लिएको कर्जा समयमा तिर्नु ॠणिहरूको दायित्व हुने बताए। समयमा नियमित किस्ता तिरी असल ॠणिको परिचय दिन सबैलाई सुझाएका थिए।

कार्यक्रममा पोखराका तीनवटै शाखाका सदस्य, विद्यार्थी र कर्मचारी गरि १ सय २१ जनाको उपस्थिति रहेको थियो। पोखराको साईमन पार्टी प्यालेसमा भएको कार्यक्रममा वित्तिय नकारात्मक भ्रमहरूको न्युनिकरण, नेपाल राष्ट्र बैंकले लघुवित्तलाई दिएको निर्देशन, बचत र कर्जाको सहि सदुपयोग तथा नोट कसरी सफा राख्ने लगाएतका विषयमा सहभागीलाई साक्षरता प्रदान गरिएको थियो।

 

 

मानवीय सेवा र उद्दारमा समर्पित जीवन ज्योति सेवा केन्द्रका केन्द्रीय अध्यक्ष सिर्जना रिजाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा झ्याम कुमारी थापा, राधिकादेवि शर्मा र सुशिला पुर्जा लगाएतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन टंकप्रसाद ढकालले गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...