एमाले कास्कीको अध्यक्षमा तीन जनाको उम्मेदवारी

पोखरा । नेकपा एमाले कास्कीको जिल्ला नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयकाअनुसार माधव बास्तोला, बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् ।

बास्तोला उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका हुन् । त्रिपाठीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।थ्वीसुब्बा समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

उपसचिवमा राधिका शाही योगी र गिता विश्वकर्माले उम्मेदवारी दिएका छन् ।खगराज समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...