एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी

पाेखरा, चैत ।एमालेको कास्कीकाे अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन् । प्रतिस्पर्धी माधव बास्तोलालाई २०४ मतान्तरले पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैनबहादुरले ५५१ मत ल्याएर बिजयी हुदाँ बास्तोलाले ३४७ मत पाए ।निर्वाचनमा प्यानलै बनाएर अधिकारी र बास्ताेला चुनावी मैदानमा हाेमिएका थिए । अधिकारीलाई खगराज अधिकारी र बास्तोलालाई पृथ्वीसुब्बा गुरुङका समर्थकका रुपमा हेरिएको थियाे । कास्कीमा खगराज गुटकाे पल्लाभारी भएकाे छ ।

 

यता कुनै पनि गुटमा सामेल नभएका विवेक त्रिपाठीले १७ मत ल्याए । उनले पार्टीमा गुटकाे अन्त्यका लागि आफनाे उम्मेदवारी भएकाे बताएपनि १७ मत मात्रै पाए ।

 

उपाध्यक्षमा अधिकारी समूहका भेषराज बरालले ५२७ मत पाएर विजयी हुँदा बास्तोला समूहका शिव आचार्यले ३८८ मत पाए ।
सचिवमा अधिकारी समूहका दर्शन लामा ५९७ मत ल्याएर विजयी भए भने बास्तोला समुहका सुरेन्द्र गुरुङले ३२० मत प्राप्त गरेका हुन् ।

 

उपसचिवमा लालबहादुर परियार ५८१ र सन्तु सुवेदी ५१० मत ल्याएर निर्वाचित भए । बास्ताेला समूहबाट उपसचिवका उम्मेदवार राधिका शाही योगीले ३४४ र सीता परियारले ३३४ मत पाए ।

 

सहमतिको प्रयास सफल नभएपछि मंगलबार बेग्लाबेग्लै प्यानल बनाएर चुनावी मैदानमा उत्रेका थिए ।पाँचै जना पदाधिकारी बैन बहादुर समूहकाले नै जितेका छन् ।

 

।अध्यक्षमा निर्वाचित बैनबहादुरले सबैलाई समेटेर अगाडि बढने बताए । उनले आफू सधैं पार्टीको एक सिपाही भएर काम गरेकाले प्रतिनिधिको रोजाइमा परेको र अब सबैलाई समेटेर एमालेलाई सुदृढ बनाउन लागि पर्ने बताए ।

 

‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा हो । सर्वसम्मत नभएपछि प्रक्रियामा जानुपर्थ्यो, हामी गयौं’, बैनबहादुरले भने, ‘हिजोदेखि नै ग्राउण्ड लेबलबाट काम गर्दै आएको म एक सिपाही हुँ । सधैं नेता कार्यकर्तासँगै रहेकाले पनि मलाई प्रतिनिधिले माया दर्शाउनुभयो ।’

 

यो अधिवेशनले १२० सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । अब थप १० प्रतिशत अर्थात १२ जना मनोनित हुनेछन् भने थप १० प्रतिशत अन्य पार्टीबाट आएकाहरूलाई समेटेर १४४ सदस्यीय कमिटी बन्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...