
एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउने भन्दा पनि नेपाली क्रिकेटमा विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्राउने उद्देश्यअनुरूप प्रतियोगिता आयोजना गर्दै आएको बताए । अब छिट्टै उमेरसमूहका प्रतियोगिता आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने उनको योजना छ । सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो । सातौं सिजनदेखि नेकोस जोडिएको हो । पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लभ घोषबीच सम्झौतापत्र हस्ताक्षर भएको थियो ।