सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा समस्यामाःकार्यबाहक प्रमुख गुुरुङ

पोखरा, चैत १६ गते । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुुदेवी गुुरुङले सहकारीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्यामा परेको बताउनु भएको छ । ६७ औँ सहकारी दिवसको २०८० को अवसरमा पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाको आयोजनामा सरकारी संघसंस्थाहरुसंग आयोजना गरिएको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुुभयो,“ सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा अहिलेको अवस्था सृजना भएको छ । त्यसैले सहकारीको मर्म र भावना अनुसार सञ्चालन गर्नुुपर्छ ।” उहाँले सहकारीहरु समस्याग्रस्त बन्दा बचकर्ताहरु पिडामा रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सञ्चालकहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिनुुभयो ।


उहाँले सहकारीलाई कसरी अगाडी बढाउने र समृद्धिसंग जोडने भन्ने बारेमा यस्ता छलफलबाट निष्कर्ष निकाल्न सहज हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले सहकारी प्रति गुुमेको विश्वासलाई बृद्धि गर्न सबैको भुमिका हुने बताउदै आर्थिक रुपमा आत्मनिर्भर बताउदै समानता कायम गर्न सहयोगी बन्ने उल्लेख गर्नुभयो ।पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीहरुका साधारणसभा देखावटी, भत्ता र खाजाका कारण बिग्रिएको बताउनुुभयो ।

 

साधारण सभामा शेयर सदस्यहरुले भत्तालाई प्राथमिकता दिने प्रचलनका कारण सहकारीहरु समस्यामा परेका छन् उहाँले भन्नुुभयो,“ सहकारीलाई व्यवस्थित बनाउने सञ्चालक र शेयर सदस्यहरुले हो हो तर भत्तामा ध्यान केन्द्रीत गर्ने अरु विषयमा ध्यान नदिदाँ समस्या देखियो ।” उहाँले सहकारीप्रति गुुमेको विश्वासलाई फर्काउने वातावरण सृजना गर्नुपर्नेमा जाड दिनुुभयो । कार्यक्रममा गण्डकी प्रदेशका सहकारी रजिष्टार भेषराज रिजाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापा लगायतले सहकारीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने स्वागत सहकारी शाखाका प्रमुुख अनिल कार्की र सञ्चालन सहकारी समितिका सदस्य दिपक आचार्यले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...