नवनिर्वाचित एमाले कास्कीका पदाधिकारी र सदस्यले लिए सपथ

पाेखरा, चैत २३ गते ।नेकपा एमाले कास्कीकाे ११ आै जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यकाे पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन ।

एमाले अध्यक्ष एंव पुर्वप्रधानमन्त्री केपी शर्मा ओलिकाे प्रमुख आतिथ्यतामा नवनिर्वाचित अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले पदाधिकारी र सदस्यलाई पद तथा गाेपनियताकाे सपथ गराए ।

 

चैत १० देखि १४ गतेसम्म पाेखरा सभागृहमा सम्पन्न अधिवेशनबाट आगामी ३ वर्षको लागि अधिकारीकाे अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएकाे हाे ।कमिटीको उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा सन्तुदेवी सुवेदी, उपसचिवमा लालबहादुर परियार निर्वाचित भएका छन् ।

 

कार्यक्रममा बाेल्दै एमाले अध्यक्ष केपी शर्मा ओलिले नयाँ कमिटीले सबैलाई एकताबद्व गराउदै पार्टीकाे नीति कार्यान्वयनमा लाग्ने बताए ।उनले कमिटीलाई आवश्यक सहयाेग गर्ने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...