इलाम क्षेत्र नम्बर २ मा सुहाङकाे उम्मेदवारी दर्ता

इलाम, चैत २४गते । इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा एमालेका तर्फबाट सुहाङ नेम्बाङले मनोनयन दर्ता गरेका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङकाे प्रस्तावकमा रवीन्द्र सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन । एमाले इलामका उपसचिव रवीन्द्र उम्मेदवारको आकांक्षी थिए । उनै प्रस्तावक बसेका हुन ।समर्थक धीरेन्द्र नेकपा माओवादीका केन्द्रीय सदस्य हुन । उनी माओवादीबाट उम्मेदवारको सिफारि भएका थिए ।

 

सुहाङले मनोनयन दर्ता गर्न जानुअघि भानु रत्न चोक इलाममा रहेको शहीद रत्नकुमार वान्तावासहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप) ले मनोनयन दर्ता गराएका थिए । उनि पहिचान पक्षधरका तर्फबाट उम्मेदवार हुन चाहन्थे । उनको स्थानमा डाकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएपछि उनी जनमतबाट उम्मेदवार बनेका हुन

 

यस्तै नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेका छन् । जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...