शिव मन्दिर आमा समुह पाेखरा २० काे अध्यक्षमा माया जिसी

पाेखरा, चैत २५ गते ।शिव मन्दिर आमा समूह पाेखरा २० अध्यक्षमा माया जिसी चयन हुनुभएकाे छ ।

शनिबार सम्पन्न १४ आै साधारणसभा तथा चाैथाे अधिवेशनले जिसीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेकाे हाे ।समुहकाे उपाध्यक्षमा सीता थापा, सचिवमा सुष्मिता घर्ती, सहसचिवमा सुदिपा सुवेदी, काेषाध्यक्ष लक्ष्मी राना भुजेल चयन हुनुभएकाे छ ।

सदस्यमा हेमा घर्ती, खिरमति सुनार, सिला सुवेदी, गाेमा गाैतम, जमुना राना, अनिता पाैडेल चयन हुनुभएकाे छ ।समितिकाे कार्यकाल तीन वर्षको हुने छ ।

 

अधिवेशनकाे उद्घाटन पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभएको थियाे ।उहाँले आमा समुहले गरेका कामकाे प्रशंसा गर्दै महिलाहरु राजनीति र सामाजिक रुपमा स्थापित भए अगाडि बढन आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जाेड दिनुभयाे ।

 

वडा नम्बर २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले वडाकाे आवश्यकताका आधारमा विकासका कार्य अगाडि बढाएकाे बताउदै महिला समुहकाे क्षमता बृद्विका लागि विभिन्न कार्यक्रम संचालन गरेकाे बताउनुभयाे ।

 

 

कार्यक्रममा उपाध्यक्ष माया जिसीले सामाजिक विकृति विसंगति विरुद्ध काम गर्दै आएकाे बताउनुभयो ।
त्यस्तै शिव मन्दिर टाेल विकास समिति अध्यक्ष हाेमन राना,तुलसी तिमल्सिना,दामोदर सुवेदी ,वडा सदस्य मिना पाैडेल लगायतले बाेल्नुभएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...