गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारीद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै पदभार ग्रहण गरेका छन ।

उनले प्रदेश प्रमुखसंग पद तथा गाेपनियताकाे सपथ लिए लगत्तै मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरे । उनले पदभार ग्रहण गर्दै स्वास्थ्य कार्यालय बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन ।

 

मुख्यमन्त्रीले दिउँसो ३ बजेपछि प्रदेश प्रमुख निवासमा सपथ लिए लगत्तै पदभार ग्रहणका लागि पुगेका थिए । मुख्यमन्त्री खगराज अधिकारीसंगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङगे राजिव गुरुङले सपथ लिएका छन ।उनिहरुकाे मन्त्रालय भने टुंगिएको छैन ।

 

मनाङे पाँचौँपटक गण्डकी प्रदेश सरकारको मन्त्री बनेका हुन मनाङे कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा पनि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री थिए । तर, अधिकारीलाई मुख्यमन्त्री बनाउन निर्णायक मत दिएर उनी पुनः मन्त्री बनेका हुन ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...