गण्डकीमा आगामी बर्ष लगानी सम्मेलन : मन्त्री चुमान

पोखरा, बैशाख ९ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरी बहादुर चुमानल पुजिगत खर्चको बढाउन सरकारको बिषेश ध्यान जाने बताउनु भएको छ । मन्त्रालयको पदभार ग्रहण् गर्दे मन्त्री चुमानले उहाँले बिगत देखि नै प्रदेश सरकारले खर्चदर बृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागि पर्ने उल्लेख गर्नुभयो ।

आगामी बर्ष लगानी सम्मेलन गर्ने पहिलो निणर्य गर्दे मन्त्री चुमानले लगानी सम्मेलन अध्ययन कार्यदल समेत गठन गर्ने र्निणय गर्नुभएको छ । आर्थिक मन्त्रालयको सचिवको नेतृत्वमा ७ सदस्यीए कार्यदल गठन गरिएको हो । नयाँ सरकारले प्रदेशको नितिगत समस्या समाधान, प्रदेश प्रति थप सचेतना तथा औधोगिक पुर्बाधारको बिकास, आर्थिक स्रोतबृद्धीका लागि आबस्यक कदम चाल्ने उहाँको भनाई थियो ।

 

पदभार ग्रहण लगत्तै कर्मचारीहरुलाई बिषे र्निदेशन दिदै उहाँले समान्य प्राबिधिक कमजोरीलाई टेकेर रातो कितावका योजना समेत कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । बजेट खर्च गर्ने परिपाटीमा पनि आगामी आर्थिक बर्षमा सुधार गरेर लैजाने उहाँको भनाई थियो । ईन्भेष्ट गण्डकी मा पर्यटनलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी औधोगिक पुर्बाधार जलबिद्युत लाई समेटेर एक अबधारण पत्र तयार गरि अगाडी बढीने मन्त्रालयले तयारी सुरु गर्ने ब्यबस्था मिलाइएको बताइएको छ । लगानी सम्मेलन संगै आगामी पन्चबर्षिय योजनालाई त्यसक्रै आधारमा प्रभावकारी बनाउने सरकारको तयारी रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...