जेठ ७ , लेखनाथ । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवंम प्रेस सेन्टरका केन्द्रिय सदस्य रामप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ ।
वि स १९९७ सालमा जन्मनु भएकी पत्रकार तिमिल्सिनाकी आमा लोकमाया तिमिल्सिनाको आईतवार साझा आफनै निवास पोखरा २८ लामास्वारामा ८४ वर्षको उमेरमा निधन भएको हो ।
दम र प्रेसर रोगका कारण विरामी पर्दै आउनु भएकी स्वर्गीय लोकमायाका पाँच छोरा कृष्णराज तिमिल्सिना(पुष्प),विष्णु प्रसाद तिमिल्सिना, तुलसी प्रसाद तिमिल्सिना,माधवप्रसाद तिमिल्सिना र रामप्रसाद तिमिल्सिना र तीन छोरी रमादेवि पण्डित,मधुमाया सिलवाल र तारादेवि ढकाल रहनु भएको छ ।
स्वर्गीय तिमिल्सिनाको सोमवार सेती नदि स्थीत पोखरा २९ को मदौरेघाटमा धार्मीक परम्परा अनुसार अन्त्येष्ठी गरिएको छ ।