पोखरा, ८ जेठ ।गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र, २०८१ सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको गत जेठ ४ गतेको निर्णयअनुसार स्वीकृत दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/०८६) को परिमार्जित आधारपत्र मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले सार्वजनीक गर्नुभएको हो ।
