पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पाेखरा, जेठ १९ गते । पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार-२०८०’ बाट पुरस्कृत भएका छन् । उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वा परिवारले स्थापना गरेको उक्त पुरस्कार चलचित्र पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको छ ।

उनले अंग्रेजी साहित्यमा एमए र एलएलबी गरेका छन् । यसअघि सो पुरस्कार श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेललाई दिइएको थियो ।फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समारोहमा फिल्मकर्मी विनोद शेरचनलाई संघले सम्मान गरेको छ ।

२०४५ सालमै फिल्म निर्माणमा लागेका शेरचनका कन्यादान, तृष्णा, बादलपारि, दुनियाँ चलेका फिल्म हुन् । मेयर आचार्यले पोखरा फिल्म छायांकनका लागि खुला स्टुडियो भएको बताए । उनले चलचित्र मनोरञ्जन साधनमात्र नभई अभियान तथा पथ प्रदर्शक रहेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...