पाेखरा ।नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट – २०८१ भोलि असार ५ गते बाट पोखराको शान्तिबन बाटिकामा शुरु हुँदै छ।
उक्त एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक क्रियाकलाप का साथ कार्यक्रम सन्चालन हुनेछ।
कार्यक्रममा गण्डकी प्रदेश भरी स्काउटबाट तिन हजार बिद्यार्थीहरु र अन्य विध्यार्थीहरु गरि ५ हजार देखि ७ हजार विध्यार्थीहरु सहभागिता हुनेछ ।
कार्यक्रम गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङले उद्घाटन गर्नु हुनेछ। कार्यक्रममा ओमेगा जम्प, सुपरम्यान जम्प, रिभर क्रसिङ, टायर जम्पिङ, रक क्लाईम्बिङ, मङ्ग्की बृज, प्यारा जम्प, नेट क्रसिङ, हर्ष राईडिङ, टार्जन जम्प, आर्चरी लगायतका विभिन्न २५ वटा साहसिक कृयाकलापहरु सन्चालन हुनेछन ।