पाेखरा १९ का जेष्ठ नागरिकलाई न्यायिक प्रशिक्षण

पाेखरा, असार ६ गते ।पाेखरा महानगरपालिका वडा नम्बर १९ ज्येष्ठ नागरिकलाई न्यायिक समितिकाे गठन, क्षेत्राधिकार र न्याय निरुपणका बारेमा प्र शिक्षण तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएकाे छ ।

विन्देश्वरी युवा क्लबकाे आयाेजना र महानगरपालिका न्यायिक समितिकाे आर्थिक सहयाेगमा भएकाे कार्यक्रमकाे उद्घाटन वडा नम्बर १९ का वडा अध्यक्ष पुष्पेन्द पाण्डेले । उनले स्थानिय सरकारकाे न्यायालयका रुपमा रहेकाे समितिले जेष्ठ नागरिकका समस्यालाई छलफल गरेर समाधान गर्ने भएकाले कार्यक्रम प्रभावकारी रहेकाे बताए ।

 

विन्देश्वरी युवा क्लबका अध्यक्ष थमकुमार केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ज्येष्ठ नागरिक समाज पाेखरा १९ का अध्यक्ष पद्मा गाैतम,समाजका उपाध्यक्ष राम आचार्य, ज्येष्ठ नागरिक सराेकार समाज पाेखरा १९ का उपाध्यक्ष माधव पाैडेल, पत्रकार एकराज गिरीले न्यायिक समितिका बारेमा बाेलेका थिए ।

 

कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पाेखेलले न्यायिक समितिकाे गठन प्रक्रिया, सदस्य रजनी परियारले क्षेत्राधिकार र न्यायिक समिति मेलमिलाप सहजकर्ता साेमनाथ लम्सालले मेलमिलापका र न्याय सम्पादन बारेमा प्रशिक्षण दिएका थिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...