पोखराको बजेट ७ अर्ब ५१ करोड ३२ लाख

एकराज गिरी/पोखरा, असार १० गते । पोखरा महानगरपालिले आर्थिक २०८१÷८२ का लागि रु. ७ अर्व ५१ करोड ३२ लाख ८३ हजार प्रस्ताव गरेको छ । पोखरा महानगरको १५ औँ नगर सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी  गुुरुङले बजेट पेश गर्दै संघीय सरकार अनुदानवाट रू ४ अर्व २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानवाट रू ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयवाट रू १ अर्व ५५ करोड ५१ लाख ४० हजार व्यहोरिनेछ बताउनुुभयो ।

त्यसै गरी संघीय राजश्व बाडँफाँटबाट रू ३८ करोड ३३ लाख ७५ हजार व्यहोरिने छ भने प्रदेश राजश्व वाँडफाँट ९ करोड ७२ लाख २० हजार व्यहोरिने छ । स्थानिय राजस्व बाँडफाँटबाट रु १ अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट रू ५४ लाख २४ हजार प्राप्त हुने अनुुमान गरिएको छ । नगर विकास कोष ऋण रू ४ करोड ४८ लाख ८० हजार व्यहोरिने अनुमान छ।
प्रस्तुत बजेट अन्र्तगत शिक्षा, खेलकूद तथा यूवा र प्रज्ञा प्रतिष्ठान सम्वन्धी कार्यक्रम सञ्चालन गर्न रु. १ अर्ब ६५ करोड, स्वास्थ्यमा रु ३५ करोड, पर्यटन तथा शहरी विकासका कार्यक्रम सञ्चालनका लागि कुल रू. ५६ करोड,  सामाजिक विकास अन्तर्गत लक्षित वर्ग तर्फ कुल रू ६ करोड र  संस्थागत विकास तर्फ रू २ करोड बिनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुुभयो ।

बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार,हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास,मूल्य शृंखला सवलिकरण र बजार प्रणाली सुदृढीकरण,न्यून कार्बन समाज र कार्बन तटस्थता, सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवउद्यम (स्टार्टअप) प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास,स्वस्थ्य र उत्पादनशील जनशक्ति तयार,वित्तीय सुशासन तथा राजस्व परिचालन रमहिला, विपन्न र सिमान्तिकृत समुदायको आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उपप्रमुख गुुरुङले बताउनुुभयो  ।

पूर्वाधार तर्फ मुस्ताङचोक–सहिदचोक खण्ड, चिप्लेढुङ्गा–सभागृह खण्ड र जिरो–विन्ध्यवासिनि खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि रू ३ करोड बजेट, फेवा फेरो पदमार्ग निर्माणलाई रू ५० लाख र ड्यामसाइड पञ्चासे पर्यटकीय मार्ग विकासका लागि रू ९० लाख, एशियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने शहरी उत्थानशिलता तथा जिविकोपार्जन सुधार आयोजनाका लागि रू २६ करोड १६ लाख, पर्यटन लक्षित कार्यक्रमहरू सञ्चालन गर्न रू. १ करोड ५० लाख, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणको काम शुरुआत गर्न रू. २ करोड, सिद्वार्थचोक—विन्ध्यवासिनी सडक खण्डमा पर्ने सम्पदा वस्तीको संरक्षण, विकास तथा प्रवर्द्धनका लागि रू १ करोड विनियोजन गरिएको उपप्रमुख गुुरुङ बताउनुुभयो ।

 

त्यस्तै  पूर्वाधार विकासमा बीपी मार्ग सडक स्तरोन्नती गर्न रू ८ करोडल र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि रू १ अर्ब ६५ करोड विनियोजन गरिएको छ ।

 

 

शिक्षा तर्फ सामुदायिक विद्यालयहरुको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन लागि रू ८४ लाख र विद्यार्थीको दिवा खाजाको लागि नेपाल सरकारले प्रदान गरेको प्रति विद्यार्थी प्रतिदिन रू १५ मा महानगरपालिकाबाट रू १० थप गरी प्रतिदिन रू २५ पुर्याउनका लागि रू ४ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । बजेट प्रस्तुत गदै उपप्रमुख गुुरुङले महानगरवाट संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले उत्कृष्ट नतिजा हासिल गरेकाले  शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि रु १ करोड ६५ लाख छुट्याइएको, बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुका लागि तलब भत्ता अनुदान तर्फ रु. ४ करोड ७० लाख विनियोजन गरिएको छ ।

 

शिक्षा तफै महिला शिक्षकहरुको प्रसुती विदामा दैनिक शिक्षण सिकाई प्रभावित हुन नदिन सट्टा शिक्षक व्यवस्थापन गर्न रू २५ लाख, स्थानीय कला, संस्कृति, साहित्य, संगीत तथा प्राज्ञिक क्षेत्रमा क्रियाशील महानगरस्तरको पोखरा प्रज्ञा प्रतिष्ठानलाई आवश्यक बजेट व्यवस्था गरिएको छ ।
सामाजिक विकास तर्फ उपप्रमुखसंग महिला कार्यक्रम मार्फत विपन्न, एकल एवं लक्षित वर्गका महिलाहरुको उद्ययमशीलता विकासका लागि सञ्चालित चक्रीय कोषमा आधारित उपप्रमुखसँग महिला कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्ष थप रू. १ करोड व्यवस्था विनियोजन गरिएको छ भने  शहरी गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा बिपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि रू १५ करोड विनियोजन गरिएको छ ।

 

बजेटमा एकिकृत पञ्चासे क्षेत्र विकास योजना, ९ ताल जोड्ने साइकल मार्ग, फेवा लेक अर्गानिक ट्रेल, विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजना लगायतका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको उपप्रमुख गुुरुङले बताउनुुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...