असार १५ र हाइलाइफ चिउराको सम्बन्ध

काठमाडौं । रौतहटका विरेन्द्र चौधरीको परिवारलाई असार महिनाभर धान रोप्न भ्याइ नभ्याइ हुन्छ । चौधरी परिवारले १५ असारलाई धान रोप्ने, दही चिउरा खुवाएर उत्सवको रुपमा मनाउने गर्छन् । यस कार्यलाई उनले यो वर्ष पनि निरन्तरता दिने भएका छन् । असार १५ मा दही चिउरा खाने परम्परा रहीआएको छ । चौधरीले सो दिन उत्सवको रुपमा मनाउन हाइलाइफ चिउराको बन्दोबस्ती गरिसकेका छन् । हाइलाइफ ब्राण्डको चिउरा धेरैको रोजाईमा पर्न सफल बनेको छ । बिगत ५ वर्षदेखि हाइलाइफकै चिउरा खरिद गर्दै आइरहेको उनले सुनाए ।

नवलपुरका किरण सापकोटा पनि हाइलाइफ चिउरा नै खरिद गर्छन् । असार १५ उत्सवका रुपमा मनाउने बन्दोबस्ती गर्दैछन् । हिलो खेल्न, धान रोपाई गर्न र दही चिउरा खुवाउन आफन्त तथा साथीभाइलाई उनले खेतमै डाकेका छन् । उनले पनि हाइलाइफ चिउरा नै खरिद गरिसकेका छन् । ‘हाइलाइफ नेपाली ब्राण्ड पनि हो र खाँदा मिठो पनि छ,’ उनी भन्छन् ।

असार १५ लाई दही चिउरा खाने दिनका रुपमा चिनिन्छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा समेत मनाउँदै आइरहेको छ । मानो खाएर मुरी उब्जाउने महिनाका रुपमा असारलाई लिइन्छ । असारमा पनि बिशेषगरी १५ असारलाई उत्सवका रुपमा लिने गरिन्छ । यो दिन देशैभर हिलो खेलेर मनाउने गरिन्छ । विभिन्न संघसंस्थाले असार १५ लाई उत्सवका रुपमा मनाउने, संस्कृतिको जगेर्ना गर्दै रोपाई महोत्सव गर्ने, दही चिउरा खुवाउने कार्यक्रमसमेत गर्दै आइरहेका छन् । यो दिनलाई साँस्कृतिक पर्वका रुपमा पनि लिने गरिन्छ । सरकारले पनि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आइरहेको छ । वर्षमा सबैभन्दा धेरै दही र चिउरा खरिद हुने दिन पनि असार १५ नै हो । दही र चिउरासँग असार १५ को विशेष महत्व र सम्बन्ध छ ।

हाइलाइफ चिउरा र असार १५

हाइलाइफ ब्राण्डको चिउरा नेपाली बजारमा एक दशक अगाडिबाट उत्पादन तथा वितरण हुँदै आइरहेको छ । वर्षभर नै नेपाली बजारमा हाइलाइफ चिउरा लोकप्रिय रहेको र असार १५ को दिन अझ धेरैको रोजाईमा पर्दै आइरहेको कम्पनीले जनाएको छ । देशभरको बजारमा हाइलाइफ चिउरा उपलब्ध छन् । मकवानपुरे टाइचिन धानबाट बनेको हाइलाइफ चिउराले साना पसलदेखि ठूला सुपरमार्केटसम्म आफ्नो उपस्थिति बलियो बनाउन सफल छ । आम उपभोक्ताहरुको रोजाई हाइलाइफ चिउरा पर्न सफल भएको र उपभोक्ताहरुको स्वादलाई मध्यनजद गर्दै गुणस्तरी चिउरा उत्पादनमा आफूहरु प्रतिबद्ध रहेको कम्पनीका प्रवन्ध निर्देशक पंकज ज्ञवाली बताउँछन् । ‘सुरुका दिनदेखि आजसम्म हाइलाइफ चिउरा लोकप्रिय बनेको छ,’ उनले भने, ‘नेपाली उत्पादनलाई माया गर्ने क्रम बढ्दो छ ।’

कम्पनीले कुरुम कुरुम र सुपरफाइन चिउरा बजारमा उपलब्ध गराउँदै आइरहेको छ । नेपाली धानलाई प्रयोग गरी नेपालमै उत्पादन भएको हाइलाइफ चिउरा गुणस्तरीय, स्वादिष्ठ र स्वस्थवद्र्धक रहेको कम्पनीको दावी छ ।

असार १५ मा देशभरको ग्राहकको रोजाईमा पर्नेमा कम्पनीले विश्वास व्यक्त गरेको छ । कम्पनीका अनुसार हाल बजारमा हाइलाइफले ४५० ग्रामदेखि ३ केजीसम्मका ६ वटा प्याकमा चिउरा उपलब्ध गराएको छ ।

नेपाली बजारमा एफएमसिजि प्रडक्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हाइलाइफले बजार विस्तारलाई तिब्र बनाउँदै गइरहेको छ । आफ्ना प्रडक्टलाई देशभरको बजारमा उपलब्ध गराएको कम्पनीले अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति बढाइरहेको छ ।

कम्पनीले नेपाली बजारमा हाइलाइफ ब्राण्डका चिउरासँगै कर्नफ्लेक्स, चोकोज, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि, मसला टि, चिजबल लगायतका प्रडक्ट बजारमा उपलब्ध गराइरहेको छ ।

दही चिउरा प्रवर्द्धन गर्न होटल लेमन ट्रि प्रिमियरसँग सहकार्य

हाइलाइफ र होटल लेमन ट्रि प्रिमियरबीच सहकार्य भएको छ । असार १५ दही चिउरा खाने दिनको अवसरलाई लक्षित गरी बुढानिलकण्ठमा रहेको पाँचतारे होटलसँग सहकार्य भएको हो ।

कम्पनीले १० जना सेलिब्रेटीलाई होटल लेमन ट्रिमा आतिथ्यतामा प्रदान गरी दही चिउरा खुवाउनेछ । यसको व्यवस्था होटलले मिलाएको कम्पनीले जनाएको छ । एक रात बस्ने गरी सेलिब्रेटी बोलाइएको र सेलिब्रेटीहरुलाई दही चिउरा खुवाइने बताइएको छ । दही चिउराको प्रवर्द्धन गर्ने र किसानले गरेको मेहेनतलाई कदर गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस प्रकारको कार्यक्रम गर्न लागिएको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...