आमाहरुको पढने धोको पुरा, प्रभावकारी बन्यो शैक्षिक सहजता कार्यक्रम

एकराज गिरी/पोखरा,असार १७ गते । झोला बोकेर स्कुल पढन् जाने ठूलो रहर थियो, तर स्कुल जान पाइनन् । गोरखाको दुुर्र्गम गाँउमा जन्मेकी सुन्ती घलेलाई घर परिवारले पढन्को लागि किताव कापीको झोला भन्दा घरको काम धन्दा गर्न बोझ थपी दिए । पोखरा महानगरपालिका वडा नम्वर २९ भण्डारढिकको नयाँ बस्तीमा आएपछि सुन्तीको पढने धोको पुरा भयो । पोखरा महानगरपालिकाले विगतमा शिक्षा आर्जनबाट बञ्चित भएका महिलाका लागि उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरेपछि सुुन्ती लगायतका आमाहरुको पढ्न् धोको पुरा भएको छ ।

सुुरु सुुरुमा उनी गोरखामा पढ्नको लागि किताब निशुुल्क पाइन्छ भन्ने सुुनेर स्कुुल सम्म पुगिन । भर्ना नभएसम्म किताव नपाइने भएपनि उनी स्कुलबाट रुदै फर्किइन् ।“सुन्तीको पढने इच्छा बाबा आमाले पुरा गरिदिएनन, उनले भनिन,“त्यति बेलाको इच्छा अहिले आएर पुरा भएको छ । पहिला अक्षर समेत चिन्ने थिइनन । अहितले तीन महिनामा अक्षर चिन्ने मात्र होइन पढन र लेख्न सक्ने भएकी छु ।’

उनलाई बसमा लेखेको पढन नजान्दा यात्रा गर्न कठिनाई थियो । सडकमा गुडेको सबै बस रोकेर कहाँ जाने भन्ने सोध्नु पर्ने बाध्यता सुन्तीलाई अहिले आएर अन्त्य भएको छ । त्यति मात्र होइन, कक्षा ५ मा पढने छोरीले सोधको सबै उत्तर फर्कान नसक्ने सुन्ती पढे लेखेपछि छोरीलाई समेत पढाउन सक्ने भएकी छिन । सुन्तीका श्रीमान र छोरी उनले पढेको देखेर खुसी छन । छोरी अनुुष्काले औपचारिक कार्यक्रममा आमाले पढेको देखेर खुसी लागेको बताइन । उनले यस्तो कार्यक्रम राखेर आमालाई पढने व्यवस्था मिलाई दिएकोमा पोखरा महानगरका उपमेयर मन्जुदेवी गुरुङ प्रति आभार प्रकट गरिन् । कार्यक्रममा ६५ वर्षिय माया यादवले सानोमा बाबा आमाले पढ भन्दा नपढेको बताउदै, अहिले आएर पढ्ने रहर जागेको बताइन ।

 

 

‘पढ भनेको बेलामा पढ्नु पर्ने रहेछ,’उनले भनिन्,अहिले आएर आँखा खुल्यो । पढेर कखरा, एबीसिडी र अंक चिन्ने भएकी छु ।’ उनले अव पढाईलाई अझै निरन्तरता दिने र पढनको लागि उमेर नछेक्ने पुष्टि भएको बताइन् ।पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुुदायिकको भवनमा माया जस्ता ३५ जना महिला तीन महिनादेखि कापी कलम बोकेर दिनहुँ जसो पढन पुुगे । पुुस्तकालयमा भेटिएकी भण्डारढिककी ५८ वर्षिय पूर्णिमा गुुरुङले माइतमा काम प्यारो भएकाले पढ्ने लेख्ने मौका पनाएको स्मरण गरिन् । कामको व्यस्तताले पढन नपाएकी पूर्णिमको अहिले आए पढ्ने रहर पुरा भएको छ ।उनले बुुढेस कालमा पढेको सम्झन कठिन भएको अनुुभव समेत सुुनाइन् ।

 

शिक्षिका विनिता बास्तोलाले बुढ्यौलीले आँखा बसेर अक्षर चिन्न कठिन भएपनि मेहेनतका साथ पढेको जानकारी दिइन् । पृृथ्वीराजमार्ग आसपासका कखरा चिन्न मुस्किल भएका आमाहरुको लागि तीन महिने कार्यक्रम प्रभावकारी भएकाले निरन्तरताका लागि उपप्रमुुख गुुरुङ ुसमक्ष अनुुुरोध गरिन् । अर्की शिक्षिका कविता गैरेले मान्छेमा लगाव र इच्छाशक्ति भए पढ्न उमेरले नछेक्ने उदाहरण प्रस्तुत गरिन् । ‘उबेला पढने चाहना हुुदाँ समय परिस्थितिले स्कुुल पुुगेर पढने अवस्था भएन्, भनि, अहिले बुढेसकालमा भएपनि पढने आमाहरुको चाहना पुरा भएको छ । दिपशिखा सामुुादायिक पुुस्तकालयका अध्यक्ष कृष्णहरी भण्डारीले शैक्षिक सहजता कार्यक्रम मार्फत धेरै आमादिदी बहिनीहरुले पढने र लेख्ने अवसर पाएको बताए । उनले कार्यक्रम प्रभावकारी भएकाले आगामी दिनमा समेत निरन्तरताकोका लागि उपप्रमुुख गुुरुङसंग आग्रह गरे ।

 

तीन महिना सञ्चालन भएको शैक्षिक सहजता कार्यक्रमका लागि शिक्षकको तलब, कापी, कलम लगायत आवश्यक रकम उपप्रमुखसंग महिला कार्यक्रमबाट उपलब्ध गराएको छ । महिलाहरुले पढन लेख्न नजान्दा धेरै समस्यामा परेका कारण उनीहरुका लागि शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । विगतका दिनमा महिलाहरु विभिन्न कारणले शिक्षा आर्जन गर्नबाट बञ्चित भएको कारण कानूनी समस्यामा परेको उदाहरण पेश गर्दै उनले पहिलो कार्यकालबाट महिलाहरुलाई शिक्षाको आवश्यकता महसुस यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...