पोखरा असार/गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूर्ण बैठकले आगामी आर्थिक वर्ष गर्ने कार्यक्रम लगायतबारे विभिन्न महत्वपूर्ण निर्णय गरेको उहाँले सुनाउनुभयो ।‘विशेषत आर्थिक वर्ष ०८०/०८१ को हामीले सम्पन्न गरेको कार्यक्रमको बारेमा समीक्षा गर्ने काम भयो । हामीले आर्थिक वर्ष ०८०/०८१ मा ५४ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेका थियौं । ५४ वटै कार्यक्रम सम्पन्न गरेका छौं’ उहाँले भन्नुभयो ।
