पाेखरामा पहिराेले पुरिएर एकै परिवारका ७ सहित ११जनाकाे मृत्यु

पाेखरा, असार २८ गते ।अविरल बर्षाका कारण कास्कीमा एकै घर परिवारका सात सहित  ११ जनाकाे मृत्युु भएकाे छ ।

छोरी ज्वाई सहित एकै परिवारका ७ जना पहिरोमा परी मृत्यु भएकाे हाे  । पोखरा १९ पुरुन्चौरका तल्लोकोटका तुल बहादुर परिवार उहाँका छोरी ज्वाई अस्मिता परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो ।

 

 

बिहीबार राति खसेको पहिरोमा पुरिएर पोखरा–१९ पुरन्चौरमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।

 

पहिरोमा परि १९ तल्लाकोट टारी बस्ने वर्ष ३१ को कुमार परियार र पवन परियार घाइते भएका छन् । कुमारको बायाँ हातमा चोट लागेको छ भने पवनको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै जनाको पश्चिम क्षेत्रिय अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

 

यता पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा तीन जनाको मृत्यु भएको छ । टिनले छाएको १ तले कच्ची घरमा अबिरल बर्षाको कारण अचानक पछाडीबाट खसेको पहिरोमा परि बर्ष १८ की अनिता ओझा र वर्ष ११ की अनुष्का ओझा र वर्ष ९ की प्रतिक सुवेदी मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

त्यसै गरी कास्कीकै मादी ११ तल्लो साप्लेमा हुमबहादुर गुरुङको घरमा पहिरो आउँदा ८० वर्षीय माइती गुरुङको मृत्यु भएको छ भने हुमबहादुर घाइते भएका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...