संविधानकाे धारा ७६ काे उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् ।संविधानविदहरुसँगको समेत परामर्शपछि पाैडेलले सरकार गठनका लागि तीन दिनकाे समय दिएर आह्वान गरेका छन ।


कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...