एमाले पोखरा १९ द्धारा पहिरोमा मृत्यु भएका परिवारलाई ५० हजार सहयोग

पोखरा, असार ३१ गते । पहिरोले परिवार गुुमाएका परिवारलाई पुुर्नबासका लागि नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्वर १९ ले आर्थिक सहयोग प्रदान गरेको छ ।

असार २९ गते विहान घरमाथिबाट आएको पहिरोमा पुुरिएर पोखरा १९ तल्लाकोटमा एकै परिवारका ७ जनाको मृत्युभएको थियो भने एक जना मात्रै बाच्न सफल भएका थिए ।

एमाले १९ ले सोमबार मृतक सात जनाप्रति श्रद्धाञ्जी अर्पण गर्दै पुुर्नबासका लागि ५० हजार सहयोग गरेको एमाले १९ का सचिव विकास गौतमले जानकारी दिए ।

 

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं पूर्व प्रदेश सभा सदस्य कृष्ण थापा, एमाले कास्कीका अध्यक्ष बैनबहादुुर क्षेत्री अधिकारीले मृतक परिवारका सदस्यलाई रकम हस्तान्तरण गरे । प्राकृति बिपत्तिले मानवीय र भौतिक क्षर्ती पुुगेको प्रति दुुख ब्यक्त गर्दै जनताको दुुःखको साथिको रुपमा नेकपा एमाले रहेको बताउदै पुर्नबासका लागि वडा कमिटीले गरेको सहयोेगले राहत मिल्ने विश्वास ब्यक्त गरेको एमाले केन्द्रीय कमिटी सदस्य थापाले बताए । उनले एमाले जनताको दुुखदुखको साथी बन्ने बताउदै कुनै अप्ठ्यारो र समस्या भए थप सहयोग गर्न तयार रहेको उनले बताए ।

 

नागरिकको दुुःखमा एमाले साथमै रहेको बताउदै बिपत्तिमा दुुखमा रहेकाहरुलाई सहयोग गर्न एमाले वडा कमिटीले आग्रह समेत गरेको छ । २९ गतेको पहिरोमा परि लक्ष्मी परियार, राधिका परियार, कुलबहादुर परियार, मनकुुमारी परियार,अस्मिता परियार, प्रभा परियार र प्रसाना परियारको मृत्यु भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रम एमाले १९ का कार्यबाहक अध्यक्ष धर्ममानसिंह भण्डारीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव विकास गौतमले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...