पाेखरा, साउन ।नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पुष्पलाललाई सम्झिरहदा आत्मसमिक्षा गर्ने दिनका रुपमा स्मरण गर्नुपर्ने बताएका छन ।
उनले विगतका कमजोर सच्याउदै अगाडि बढेकाे इतिहास विश्व र नेपाली कम्युनिस्ट आन्दोलनमा रहेकाे बताउदै भने पुष्पलाललाई कमजोर र गल्ती नै नगरेकाे मान्छेका रुपमा बुझन नहुने बताए ।
एमाले उपाध्यक्ष ज्ञवालीले पुष्पलालले कुनै कमजोरी नै गरेका छैनन भन्ने रुपमा बुझन हुदैन ।त्याे बैज्ञानिक हुदैन ।याे संसारमा आज सम्म गल्ती नगरेकाे मान्छे जन्मेको छैन र याे धर्तीमा गल्ती नगर्ने मान्छे जन्मने छैन उनले भने ।उनले गल्ती नगर्ने मान्छे खाेज्नु भ्रम भएकाे समेत बताए । पुष्पलाल, मदन भण्डारी, कालमाक्स, लेलिन, गाैतम बुद्व, गान्धी लगायत संसारमा जन्मेका महान ब्यक्तिका पनि कमजोरी थिए उपाध्यक्ष ज्ञवालीले भने, तर ती महान मान्छे कमजोरी सहितका महान मान्छे हुन ।कमजाेरीकाे आलोचना र राम्रा कामकाे प्रशंसा गर्नुपर्छ ।
उनले पुष्पलाल दुर्दशी नेता भएकाे बताए । २००६ सालमा राणा शासन, सामन्तवाद,सार्माज्यवाद अन्त्य गर्ने मात्रै हैन, नेपाल जस्ताे देशमा जनवादी कान्ति गर्नुपर्छ भनेर जनवादी कार्यक्रमकाे रुप रेखा लेख्न सक्ने र विचार ल्याउन सक्ने दुरदृष्टि ठुलाे महानता भएकाे बताए ।पुष्पलाललाई कम्युनिस्ट पार्टी गठन गरेकाे मात्रै भनेर बुझन नहुने र त्यतिमै सिमित गर्न हुने बताए ।
कार्यक्रममा बाेल्दै एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले तत्कालीन नेकपा माले पुष्पलालका विचारकाे सहि उत्ताराधिकारी हाे उनले भने अरुले वहस गर्ने र दावा गर्ने मात्रै हुन ।
उनले पुष्पलालकाे सहि विचारकाे उत्तराधिकारी एमाले हाे ।पुष्पलालकाे अविछिन्न लिगेसी रहेकाे कम्युनिस्ट पार्टी माक्र्सवादी र नेकपा माले २०४७ पुस २३ गते एउटै पार्टी बने ।त्यसकारण अरुले दावा गरे उनले भने, हिजाे पुष्पलाल गद्दार भन्नेहरुले आज सम्झना गर्न थालेकाे बताए ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कास्की इन्चार्ज थममाया थापा, अग्रज नेता सोमनाथ अधिकारी प्यासी, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले पुष्पलालका याेगदानका बारेमा चर्चा गरेका थिए ।
एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको गोष्ठीमा स्वागत उपाध्यक्ष भेषराज बराल र सञ्चालन सचिव दर्शन लामाले गरेका थिए ।स्मृति दिवसको कार्यक्रम एमाले कास्कीले साउन ५, ६ र ७ गते तीनदिने कार्यक्रमको आयोजना गरेर मनाएको हो ।