सञ्चार क्षेत्रको समस्या नीतिगत रुपले समाधान गर्ने कोसिस गर्छु :सञ्चारमन्त्री गुरुङ

काठमाडौं, साउन ११ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार बनेकाले सोअनुसार काम हुने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० संघीय समितिका पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा आज उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री गुरुङले राज्यको निकायमा सबै वर्ग र समुदायको सही प्रतिनिधित्वले मात्र सुशासन कायम हुने बताउनुभयो । सरकारले आफ्नो सुरुवाती दिनदेखि सो क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको उहाँको भनाइ छ ।

नेपाली सञ्चार क्षेत्रको समस्या र समाधान गर्नुपर्ने विषयबारे आफू अध्ययन गरिरहेको बताउनुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “समस्या नपार्नेगरी सन्तुलित ढङ्गले काम गर्ने प्रयास गर्नेछु, सञ्चार क्षेत्रको समस्या नीतिगत रुपले समाधान गर्ने कोसिस गर्छु ।”

 

सार्वजनिक निकायहरुमा दुई जना पदाधिकारी राख्ने प्रवृत्तिले आपसी द्वन्द्व बढेर निकायहरु समस्यामा पर्नेगरेको चर्चा गर्नुहुँदै उहाँले त्यसको निरुपणको प्रयास गरिने बताउनुभयो । सरकारी सञ्चार माध्यममा त्यही समस्या आफूले देखेको बताउँदै मन्त्री गुरुङले सबै सरकारी सञ्चार माध्यमले आफूलाई अब्बल बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...