पोखरा, साउन १८ गते । नेकपा एमालेले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ ।बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज र केन्द्रीय सदस्यहरुको कार्यविभाजन हेरफेर गरेको हो । नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ ।
यता गण्डकी प्रदेशको इन्चार्जमा किरण गुरुङले जिम्मेवारी पाएका छन् । यस्तै कास्कीको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य कृष्षबहादुर थापालाई तोकिएको छ । स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा पराजित भएपछि जिल्ला इन्चार्जको जिम्मेवारी पाएका थापालाई पार्टीले केही समय पोखरा महानगरपालिकाको इन्चार्जको जिम्मेवारी तोकेको थियो ।
बिहिबार बसेको सचिवालय बैठकले फेरी थापालाई कास्की जिल्लाकै इन्चार्जको जिम्मेवारीमा फर्काएको छ । यसअधि स्थायी कमिटि सदस्य थममाया थापा कास्कीको इन्चार्ज थिइन् । अहिले उनलाई आदीबाजी जनजाती फाँटको इन्चार्जको जिम्मेवारी दिइएको छ। यस्तै एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले कास्की क्षेत्र नम्वर २ को इन्चार्जको जिम्मेवारी पाएकी छन् । उनी यसअघि कास्कीको रुपा गाँउपालिकाको इन्चार्ज रहेकी थिइन् ।
यस्तै एमाले सचिवालय बैठकले प्रभा कोइरालालाई केन्द्रीय सदस्य र सृजना शर्मालाई केन्द्रीय सल्लाहकार समिति सदस्यमा मनोनित गरिएको छ।