पोखरा, साउन २८ गते ।पाेखरा महानगरपालिका डेंगुकाे उच्च जाेखिम क्षेत्रका रुपमा रहेकाे छ । डेंगु संक्रमणको जोखिम बढेपछि पोखरामा वडा कार्यालयहरुले सचेतना मुलक कार्यक्रम सञ्चालन गरेका छन । वडा कार्यालयकाे आयाेजनामा खाेज र नष्ट गर अभियान सुरु गरेका छन ।
साेही कार्यक्रम अन्तर्गत पाेखरा ४ ले ‘खोज र नष्ट गर’अभियान सञ्चालन गरेकाे छ । जनप्रतिनिधि, विद्यालयका प्रतिनिधि, टोल विकास संस्था र स्वास्थ्य स्वयंसेवीका सहित सरोकारवालाहरुको बैठकले वडामा अभियान संचालन गर्ने निर्णय गरेको छ । डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि जनचेतनामुलक कार्यक्रमसहित खोज र नष्ट अभियान गर्न लागिएको वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।
वडाभित्र माइकिङ, घरदैलो र डेंगु फैलन सक्ने क्षेत्रकाे पहिचान गरि खाेज र नष्ट अभियान सञ्चालन गरिने अध्यक्ष पराजुलीले बताए ।
उनका अनुसार साेमबारबाट माइकिङ गरिएकाे छ । २९ गते बिहान डेंगु रोग नियन्त्रणका लागि सचेतनामुलक र्याली र ३० गतेबाट खोज र नष्ट अभियानको घरदैलो कार्यक्रम गरिने छ । अभियान अन्तरगत पानी जमेका भाडाकुडा र अन्यन्त्र जमेको पानी सफा गर्ने, टायर भएका स्थानमा सरसफाइ, प्रचार प्रसारका सामाग्री वितरण गरिने बताइएकाे छ ।
पाेखरामा लामखुट्टेको टोकाइबाट हुने डेंगुको जोखिम बढेको छ । डेंगुको संक्रमणणपछि अस्पतालमा भर्ना हुनेकाे संख्या समेत बढेकाे छ ।
एक्कासी ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो भने बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु डेंगुको लक्षण हुन् ।
लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्न झुलकाे प्रयाेग, घर वरिपरि सरसफाइ गर्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न र अन्य सुरक्षाका उपाय अपनाउन अनुराेध गरिए छ ।