पाेखरा, भदौ १ गते ।नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ बेगनास उपशाखाले डेंगु विरुद्ध सचेतना कार्यक्रम गरेकाे छ ।
शनिबार डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान गरेकाे हाे । कार्यक्रममा कार्यबाहक सभापति बबिता सुवेदीले पाेखरा महानगरपालिकाभित्र डेंगुकाे संक्रमण बढेकाे बताउदै त्यसबाट बच्नुपर्ने बताइन ।
उनले डेंगुले मानिसको स्वास्थ्यमा असर परेकाेले बताउदै राेकथाम र थप फैलिन नदिन सचेतनामुलक कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे ।
कार्यक्रममा पाेखरा महानगरपालिका वडा नम्बर ३१ का वडाअध्यक्ष ढक्नाथ कँडेलले पाेखरा महानगर स्वास्थ्य महाशाखाले पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाे बताए ।
उनले रेडक्रसले पनि अभियान गरेर डेंगु नियन्त्रणमा भुमिका खेलेकाे बताउदै सधै रेडक्रसलाई सहयोग गर्न वडा कार्यालय तयार रहेकाे बताए ।
कार्यक्रममा बुद्धि तिवारी,चिरञ्जीवी तिवारीले भनाइ राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि, अमरसिद्ध नमूना युबा रेडक्रस सर्कल, नमूना महिला समुह, बेगनास युबा क्लब र आजीवन सदस्य तथा वडाबासीकाे उपस्थिति रहेको थियो ।
बेगनासताल, मोहोरिया, भाटाको मूल,नहरचोक लगायतका स्थानमा डेंगु बाट बच्ने उपाय बारे जनचेतना जगाइएकाे थियाे ।