कास्की जिल्लाका सौरभ चन्द्र ढकाल कान्छो ट्रेकिङ पोटर गाइड/ नेपालमा भविष्य छैन र केही गर्न सकिन्न भन्ने समयमा देशमै सम्भावना देखेका छन् . माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ मा जन्मिएका उनी अहिले पोखरामा डेरामा बसी कक्षा १२ मा कानुन विषयबाट हालसालै प्रकाशित भएको नतिजामा उत्तीर्ण भएका छन्।
उनी एक कानुनका विद्यार्थी साथसाथै समाजका विभिन्न क्रियाकलापहरूमा समावेश भएको पाइन्छ कास्की जिल्लामा पनि विद्यार्थीको हकहितको निमित्त सानै उमेरमा विद्यार्थीको माझमा छन् । ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान ) गण्डकीको आयोजना , नेपाल पर्यटन बोर्ड,गण्डकी प्रदेश कार्यालयको प्रबद्र्धन तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सँगको सहकार्यमा मिती २०८१ जेष्ठ ३२ गतेबाट संचालन भैइरहेको टेकिङ्ग पोर्टर गाईड तालिम २०८१ मा उनले तीन वर्षको अनुभव सहित सम्पूर्ण चरणहरू पार गरी सफलतापूर्वक टेकिङ पोटर गाइड को लाइसेन्स निकाल्न सफल भएका छन् यसो त उनी प्रकृति प्रेमी र सानै उमेरदेखि घुलमिल हुँदै आएका छन्।
उनले अन्नपूर्ण संरक्षणभित्र रहेका पर्यटकीय गन्तव्य अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल र पुनिलमा अन्तर्राष्ट्रिय पर्यटकसँगै ट्रेकिङ गरिसकेका छन्। सानै मात्र १७ वर्षको उमेरमा कानुनी मापदण्ड अपनाई लाइसन र इजाजतपत्र हात पारेका छन्। पर्यटन बोर्डको तथ्याङ्क अनुसार उनी नै कान्छो पैदल यात्री ट्रेकिङ गाइड भएका छन्