पोउवा संघका सदस्यलाई यती एयरलाइन्समा १० प्रतिशत छुट

पोखरा,भदौ । पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुले यती एयरलाइन्सको यात्रामा १० प्रतिशत छुट पाउने भएका छन् । संघ र यती एयरलाइन्सबीच भएको सम्झौता अनुसार यात्राको क्रममा सो छुटको सहमति भएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।


‘हाम्रा सदस्यहरुलाई विभिन्न ठाउँमा सहुलियत र छुट दिलाउने क्रममा यतीसँग यो सम्झौता भएको हो,’अध्यक्ष प्रजापतिले भने,‘छुटको सुविधा लिन सदस्य महानुभावहरुले संघको सदस्यता कार्ड देखाउनुपर्छ । अनलाइनबाट टिकट काट्दा पनि त्यो सुविधा प्राप्त हुन्छ । हामीले यतीलाई हाम्र्रा सदस्यहरुको नामावली पठाइसकेका छौँ ।’

 

उनले सदस्यहरुलाई सहुलियत दिने उपक्रममा पृथ्वी राजमार्ग बस संचालक कम्पनीसँग सो कम्पनीको बसमा यात्रा गर्दा १५ प्रतिशत भाडा छुट,मणिपाल अस्पतालमा उपचार गराउँदा १० देखि २५ प्रतिशतसम्म छुट र १ लाख बराबरको दुर्घटना बीमासमेत गराइएको जानकारी दिए । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँगमार्फत् गरिएको सो बीमा सम्झौता अनुसार सदस्यहरुको दुर्घटना भएमा त्यसबापत् बढीमा एक लाख रुपैयाँसम्मको बीमा रकम प्राप्त उनले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...