संविधान दिवसमा सर्वसाधारणले चढन पाउने भए धरहरा

काठमाडौ, असाेज २ गते ।भुकम्पले भत्काएकाे धरहरा पुर्ननिर्माणकाे काम अन्तिम भएसंगै सर्वसाधारणका लागि खुल्ने भएको छ । संविधान दिवसकाे अवसरमा बिहिवार असाेज ३ गतेबाट सर्वसाधारणले धरहरा चढ्न पाउने भएका छन् ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजना का प्रमुख कोषनाथ अधिकारीले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा सर्वसाधारणले चढ्‍न पाउने बताए ।

 

 

 

 

 

 

 

 

 

उनका अनुसार सरकारले शहरी विकास मन्त्रालयमार्फत भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ ।विहान ११ बजेपछि प्रत्येक आधा घण्टामा १०० जनाका लागि टिकट बुक गर्ने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।

 

अहिले धरहरा चढन शुल्क नलाग्ने भएकाे छ ।अर्को व्यवस्था नभएसम्मका लागि निशुल्क रुपमा चढन पाइने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...