पोखरा महानगरद्वारा ज्येष्ठ नागरिकलाई सम्मान 

पोखरा, असोज १५ गते ।अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ६ वर्षीय बसुन्धरा बराल र १ सय ३ वर्षीय देवीदत्त तिवारीलाई महानगरले सम्मान गरेको हो । महानगरले दुबै जनालाई उहाँहरुकै घरमा पुगेर सम्मान गरेको हो ।

पोखरा १३ काहुुँखोलाकी बराललाई पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ र पोखरा १३ का वडा अध्यक्ष किरण बरालले नगद १४ हजार, सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । त्यस्तै वडा नम्वर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले तिवारीलाई ज्येष्ठ नागरिक पिताका रुपमा नगद, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये २ जनालाई सम्मान गर्र्दै आएको छ । महानगरले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसमार प्रत्येक वर्ष नगर पिता र नगर आमाको रुपमा सम्मान गर्दै आएको छ ।

 

 

कार्यबाहक प्र्रमुुख गुरुङले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरुलाई परिवारका सदस्यहरुले कुनै दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा जोड दिँदै नेपालको संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट व्यवस्था गरेको बताउनुभयो । स्थानीय सरकार पोखरा महानगरले पनि ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुुभयो ।

 

 

वडा अध्यक्ष किरण बरालले आफ्नै वडाको ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउनु सुखद भएको बताउँदै  सम्मानित व्यक्तित्वको सुस्वास्थ्य र दीर्घायूको कामना गर्नुभयो । कार्यक्रममा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत मञ्जुु ढुुंगाना, महिला विकास अधिकृत बेलकुमारी गुुरुङ लगायतले बोल्नु भएको थियो ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...