नेपाल दशनामी समाज कास्कीको शुभकामना आदानप्रदान

पाेखरा, असाेज १७ गते ।नेपाल दशनामी समाज कास्कीको आयाेजना विजया दशमी, तिहार,छठ लगायतका पर्वहरुकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बिहिबार सम्पन्न भएकाे छ

शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्ने बक्ताहरुले दशनामीहरु वीचकाे एकतालाई बलियाे बनाउनुपर्नेमा जाेड दिए ।दशै नेपालीहरुकाे साझा पर्व भएकाले यसकाे माैलिक र सांस्कृतिक पक्षलाई कायम राख्दै मनाउनुपर्नेमा जाेड दिए ।

 

 

दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तारा गिरी यस्ता कार्यक्रमले भावनात्मक एकता कायम हुने बताउदै हिन्दु धर्ममा बिकृति बढेकाे बताउनुभयाे ।उहाँ हिन्दु धर्म खर्चालु बन्दै गएका कारण धर्म परिवर्तन बढेकाे बताउदै त्यसलाई सुधार गर्नुपर्नेमा जाेड दिनुभयाे ।
उहाँले केन्द्रीय कमिटी सुस्ततएकाे भएपनि कास्कीले आफ्ना गतिविधि बढाएकाेमा खुशी ब्यक्त गर्नुभयाे ।

 

नेपाल दशनामी समाज कास्कीका सल्लाहकार बाबुराम गिरी दशै सबै नेपालीकाे साझा पर्वका रुपमा रहेकाे बताउदै यसकाे संस्कार र सांस्कृति पक्षलाई कायम राख्दै मनाउनुपर्छ भन्नुभयाे ।

 

दशैले सबैमा सकरात्मक साेचकाे विकास र सदबुद्वि प्राप्त हाेस भन्ने कामना गर्नुभयाे ।समाजका केन्द्रीय सचिव जगतमाेहन गिरीले शुभकामना आदानप्रदानले एकताकाे भावना जागृत गराउने बताउनुभयाे ।

दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्दकाे अध्यक्षतामा भएकाे कार्यक्रममा दशनामी समाज कास्कीका सल्लाहकार कपिल गिरी, अरुण गिरी, समाजका निवर्तमान अध्यक्ष हिरा गिरी, दशनामी समाज महिला समिति गण्डकी प्रदेश अध्यक्ष, महिला समिति कास्कीका अध्यक्ष सपना गिरी, युवा समिति कास्कीका अध्यक्ष सरस्वती पुरी , दशनामी समाज कास्कीका उपाध्यक्ष भरत गिरी,सचिव बाेधराज गिरी लगायतले बाेल्नुभएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...