पाेखरा, असाेज ।पाेखरा महानगरपालिका वडा नम्वर १ ले वडाभित्र संचालनमा रहेका मासु र खाद्यान्न पसलमा अनुगमन गरेकाे छ । नेपालीहरकाे ठुलो चाड वडा दशै सुरु भएकाले बजारमा मुल्यबृद्वि, कालाेबजारी र म्याद नाघेका खाद्य सामग्री बिक्रीवितरण हुनसक्ने भएकाले वडाले अनुगमन गरेकाे वडा अध्यक्ष साहारा प्रधानले जानकारी दिनुभयाे ।
वडाभित्र संचालन भएका २४ वटा मासु पसल र ४ वटा खाद्यान्न पसलमा अनुगमन गरेकाे छ ।अनुगमनमा केही मासु पसल दर्ता भएकाे र दर्ता भएका नविकरण नभएकाे पाइएको वडा अध्यक्ष प्रधानले बताउनुभयाे ।त्यस्तै खाद्यान्न पसलमा म्याद सकिएका खाद्य सामग्री फेला परेकाे त्यस्ता सामग्री जफत गरि नष्ट गरिएको छ ।
अनुगमनमा वडा अध्यक्ष साहारा प्रधान, वडा सदस्य शाेभा गुरुङ,वडासचिव पाेष्ट नारायण ढकाल,स्थानीय समाजसेवी राेजी पराजुली, नागरिक समाजका प्रतिनिधि रामप्रसाद अधिकारी, प्रहरी प्रतिनिधि विपन थापा, वडा सदस्यत्रय जुमकाजी गुरुङ,जुकमाया दमाई, रामजी प्रसाद अधिकारी,महानगर पशु सेवा शाखाका डा. पनक पाण्डे, डा.अषेसराज विक,राष्ट्रिय उपभोक्ता मञ्चका हुमनाथ अधिकारी लगायतकाे सहभागीता रहेकाे थियाे ।