पोखरा, असोज २४ गते । नर्व दुर्गाको अन्तरगत सप्तमि अथार्त फुलपाती । फुलपातीको अवसरमा पोखराको विन्दवासिनी मन्दिर र कास्कीको कालीका मन्दिरमा फुलपाति भित्र्याइएको छ । पोखराको चिप्लेढुङ्गाबाट बाजा गाँजाका साथ विन्दवासीनि मन्दिरमा पुगि फुलपाति भित्र्याइएका हो ।
फुलपाती भित्र्याइउन निजामती कर्मचारी, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, समाज सेवी लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो । फुलपातीलाई बाजा गाँजाका साथ पोखरा परिक्रमा गरि फुल, उखु, केराको बोट लगाएतका फुललाई डोलीमा राखी विन्दवासीनी मन्दिरमा पु¥याएको थियो ।
यसरी लगिएको फुलपानीलाई विषेश पुजा गरि मन्दिर भित्र्याइएको थियो । नेपाली सेनाका पश्चिम पृतना ३ नम्वर वाहिनीले सलामी दिएको थियो । कास्कीकोटमा पनि विषेश पुजा गरी कास्कीकालीका मन्दिरमा फुलपाति भित्र्याइएको छ । यसैवीच पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्ने भत्तजनको ठूलो भिड लागेको थियो ।
विहानै पाँचबजेखि साँझसम्मै भक्तजनको भिड लागेको थियो । मन्दिरमा पुजा गर्न पोखरा महानगरपालिका, गाँउपालिका र छिमेकी जिल्लाबाट भत्तजनको ठूलो भिड लागेको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।