रास्वपा कार्यकर्ता र सहकारी पीडितकाे प्रदर्शनले पाेखरा तनावग्रस्त

पाेखरा, कार्तिक ४ गते ।रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरा तनावग्रस्त बनेकाे छ ।

महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेकाे छ । तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि अवस्था तनावग्रस्त बनेकाे हाे ।

 

यता पाेखराकाे राष्ट्रबैक चाेकमा सहकारी पीडितले सहकारी ठगलाई कारबाही र आफनाे बचत फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन । दुबै पक्ष आमनेसामने भएका छन । दुई पक्षीय प्रदर्शनले पाेखराकाे अवस्था तनावग्रस्त बनेकाे हाे ।सुरक्षा चुनौतीलाई ध्यान दिएर उच्च सतर्कता अपनाइएको सुरक्षा अधिकारीले बताएका छ्न् ।

 

जिल्ला प्रशासन कार्यालय कास्कीले शहीदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...