एमाले कास्कीले कार्तिक १० गते चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम आयाेजना गर्ने भएको छ ।

विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हाे । यहीँ कात्तिक १० गते एमाले कास्कीले पाेखरा सभागृहमा कार्यक्रम गर्न लागेको हो ।

एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार गत असोज ११ र १२ गतेको बाढी पहिरोले ठूलो धनजनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले असोज १७ गते घटस्थापनाको दिन गर्ने भनिएको कार्यक्रम स्थागित गरी कात्तिक १० गतेलाई तय गरिएको हो ।

 

पोखरा सभागृहमा बिहान साढे ७ बजे सुरु हुने कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्बोधन गर्नेछन् । नेपालीका चाडपर्वका अवसरमा प्रत्येक वर्ष नेकपा एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ । बडा दशैंकाे सप्तमी फुलपातीका दिनमा गर्दै आएको शुभकामना तथा चियापान यश पटक दस गते गर्न लागेको हाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...