पोखरा, १८ कात्तिक । तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो ।
सप्तरंगी टिका ग्रहण गरेका पर्यटकलाई छात्राहरुले ढाका टोपी लगाइदिए र सेलरोटी लगायतका परिकार पस्किए । सँगै देउसीभैलो र नाचगानको कार्यक्रम पनि देखाए । सहभागी पर्यटक पनि नाचगानमा साथ दिंदै रमाए । आफ्नो नेपाली नाम लिला राखेकी एक चिनिया पर्यटकले भाइटिका लगाउन पाउँदा आफू प्रफुल्लित भएको र पोखरा शहर पनि आफूलाई उत्तिकै सुन्दर लागेको प्रतिक्रिया दिइन् ।
कार्यक्रमको संचालन महासचिव ढकालले गरेका थिए । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवको प्रबद्र्धन गरेका थिए । गोर्खा वियर र इसेवा होटल्सले महोत्सवलाई सघाएका थिए । अनलाइन पार्टनरमा रिभेल एप रहेको थियो ।