पाेखरामा एमाले जनप्रतिनिधि र कर्मचारीकाे बिराेध प्रदर्शन

पाेखरा, कार्तिक २० गते ।पोखरा महानगरपालिकाले करार कर्मचारी हटाउने निर्णयको विरोधमा एमालेका जनप्रतिनिधि र कर्मचारीले संयुक्त रुपमा धर्ना सहित बिराेध प्रदर्शन गरेका छन ।

बिहान ११ देखि १२ बजेसम्म कार्यालय परिसरमा बिराेध प्रदर्शन गर्दै २५ आै कार्यपालिका बैठककाे निर्णय कार्यान्वयन गर्नुपर्नेमा जाेड दिएका छन ।धर्ना सकेर मेयरकाे कार्यकक्षमा पुग्दा केहीबेर नगर प्रहरी र जनप्रतिनिधि वीच धकेलाधकेल समेत भएकाे थियाे ।

 

धकेला धकेल हुर्दा नगरप्रहरी सई सन्तबहादुर केसी घाइते भएका छन् ।उनको अण्डाकोषमा चोट लागेको नगरप्रहरीले जनाएको छ । नगरप्रहरीका अनुसार उनलाई अस्पताल भर्ना गरिएको छ ।

 

धर्ना कार्यक्रम भाेलि बुधबार पनि जारी रहने वडा अध्यक्ष राधिका शाहीले जानकारी दिइन । मेयर विदेश भ्रमणमा रहेकाले अहिले धर्ना मात्रै दिइएको र मेयर आएपछि थप कार्यक्रम घाेषणा गरिने उनले बताइन ।

 

यहि १५ गते बसेकाे कार्यपालिका बैठकले २८ जना करारका प्राविधिक कर्मचारीलाई कार्तिक ३० गतेसम्म म्याद थप गरेर हटाउने निर्णय गरेकाे थियाे भने एमाले कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका थिए ।

 

उनीहरुले कर्मचारी निकाल्न नहुने भन्दा संगठन संरचना पारित गर्नुपर्ने, काजमा आएका कर्मचारीलाई फिर्ता गर्नुपर्ने र कनिष्ठका आधारमा करार कर्मचारी हटाउनुपर्ने माग गरेर आन्दोलन गरेकाे एमालेबाट निर्वाचित वडा नम्बर १७ का अध्यक्ष राधिका शाहीले जानकारी दिइन ।

 

यसअघि कात्तिक १५ गते पोखरा महानगरको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । सो निर्णयको एमालेले विरोध गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...